पराजुली र काफ्लेलाई विभागीय छात्रवृत्ति
पाेखरा | मंसिर २७, २०८०
पोखरा: पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा सञ्चालित छात्रवृत्ति तारानाथ पराजुली र विष्णुप्रसाद काफ्लेले प्राप्त गर्न सफल भएका छन् ।
स्नातकोत्तर तहका छात्रछात्राको प्रोत्साहनका लागि विभागको पहलमा स्थापित र सञ्चालित छात्रवृत्ति बुधवार पोखरामा आयोजित एक समारोहबीच प्रदान गरिएको हो ।
शालिग्राम–कृष्ण पौडेल छात्रवृत्ति बिहादी गाउँपालिका–२ पर्वतका तारानाथ पराजुलीले प्राप्त गरे भने सीता–तीर्थ अधिकारी छात्रवृत्ति शुक्लागण्डकी नगरपालिका १० तनहुँका विष्णुप्रसाद काफ्लेले प्राप्त गर्न सफल भए ।
छात्रवृत्ति प्राप्त गर्न सफल छात्रद्वयलाई सहायक क्याम्पस प्रमुख मीनराज लम्साल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सना, पूर्व विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, छात्रवृत्ति कोषका संस्थापक कृष्णप्रसाद पौडेल र पत्रकार असफल गौतमलगायतले संयुक्तरुपमा प्रदान गरे ।
सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले विभागले सञ्चालन गर्ने यस्ता छात्रवृत्तिले सिङ्गो क्याम्पसलाई मजबुद बनाउन सहयोग गर्ने बताए ।
छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी र स्थापना गर्ने संस्थापकलाई आभार व्यक्त गर्दै प्रमुख लम्सालले वर्तमानमा अध्ययनका लागि संकाय र विषयलाई लिएर हुने कुरा भन्दा विद्यार्थीको क्षमताले अध्ययनको क्षेत्र निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै त्रि.वि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस एकाइ सभापति डा. लक्ष्मीशरण अधिकारीले त्रि.वि.ले पछिल्लो अन्य विषयमा स्नातक पूरा गरेका विद्यार्थीलाई पनि स्नातकोत्तरमा भर्ना सञ्चालन गर्नु सराहनीय विषय रहेको बताए ।
शालिग्राम–कृष्णपौडेल छात्रवृत्तिका संस्थापक कृष्णप्रसाद पौडेलले आफ्नो जीवनलाई सार्थक तुल्याउन बुबाको योगदानको स्मरणका लागि र पहिला विभागीय प्रमुख भएर सेवा गरेको ठाउँमा केही गरौं भनेर छात्रवृत्ति स्थापना गरेको बताए ।
सीता–तीर्थ अधिकारी छात्रवृत्तिका बारेमा प्रकाश पार्दै असफल गौतमले मुक्तकमणि तीर्थराज अधिकारी नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्तपछि राज्यबाट प्राप्त निवृत्तिभरणको रकम नेपाली वाङ्मयको श्रीवृद्धि र शिक्षा क्षेत्रमा लगाउँदाको एउटा निरन्तरता सीता–तीर्थ छात्रवृत्ति रहेको बताए ।
नेपाली विभागका विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाले विभागलाई अगाडि बढाउन हिजो साथ र सहयोग गर्ने सम्पूर्ण मनकारीलाई आभार व्यक्त गर्दै त्यो साथ र सद्भावलाई निरन्तरता दिन आग्रह गरे ।
विभागीय सदस्य डा. पुण्यप्रसाद शर्माले विभागद्वारा सञ्चालित छात्रवृत्तिले नेपाली विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन र हौसला मिल्ने बताए ।
विद्यार्थी तारानाथ पराजुलीले हिजो संस्कृत पृष्ठभूमिबाट आएर नेपाली विषय पढेर मैले साच्चै राम्रो विषय अध्ययन गरेको रहेछु भन्ने अनुभूति आज भएको बताए ।
अर्का विद्यार्थी विष्णुप्रसाद काफ्ले आफूले पढेको क्याम्पसमा पुरस्कृत हुन पाउँदा गौरवबोध हुनुका साथै आगामी दिनमा थप जिम्मेवारी प्राप्त भएको धारणा राखे ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

